जलवायु न्यायमा विश्व समुदाय गम्भीर बन्नुपर्ने भण्डारीको जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक ८

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर सामना गरिरहेका नेपालजस्ता मुलुकको जलवायु न्यायसम्बन्धी मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेकी छन्।

चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्दै उनले हिमालय संरक्षण, मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान र विपद् पूर्वसूचना प्रणालीमा क्षेत्रीय सहकार्य बढाउनुपर्ने बताइन्। साथै, जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायबाट दीर्घकालीन सहयोग आवश्यक रहेकोमा जोड दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *