कोरोना संक्रमणबाट भक्तपुरमा ११ वर्षीय बालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३

काठमाडौं – कोरोना संक्रमणबाट भक्तपुरमा एकजना बालकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मध्यपुर थिमि नगरपालिकाको एक निजी विद्यालयमा कक्षा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो।

बालकको कान्ति बाल अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १४ चैतयता मात्रै ३५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयले पछिल्ला ३ दिनयता ९ वर्षभन्दा मुनिका क्रमशः १२, २२ र ५ बालबालिकामा कोरोना संक्रमण देखिएको जनाएको छ। १० देखि १९ वर्षभित्रका क्रमशः ४८, ४० र ४३ जना बालबालिकालाई समेत कोरोना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *