काठमाडौं । बहुचर्चित गायक राजेश पायल राईको स्वरमा नयाँ गीत ‘देम साह्रो’ सार्वजनिक भएको छ ।
आज मात्रै भिडियोसहित सार्वजनिक गीतमा गायक स्वयम् राईको संगीत रहेको छ भने राजन मुकारुङको शब्द रहेको छ ।
गीतमा गायक राजेश पायल राई, कलाकारहरु दयाह्याङ राई, विल्सनविक्रम राई, रजनी गुरुङ, विशाल लिम्वु र सुजन राईको अभिनय रहेको छ । गीतलाई गायक राईकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शकश्रोताले अत्यधिक रुचाएपछि गायक राईले सामाजिक सन्जलमार्फत धन्यबाद पनि दिनुभएको छ ।
गीतमा यस्ता हब्द रहेका छन्–
मनमा गढेको माया छुट्दैन भन्छन सारा
अब त तिमी मेरो जिवनको एउटै सहारा
तिमी मै सन्सार तिमी नै जुन तारा देख्छु किन हो ?
देम साह्रो….देम साह्रो
सर मा सर मायाले सर कि आउ वर कि भैजाउ झन पर मेरो हजुर्
ओब्रीगादो, ओब्रीगादो
तिमी जाने बिदेश तिर म हिडे आफ्नै गाउघर
देम साह्रो….देम साह्रो
लह मा लह लहरी बन कुन हो कुन्नी रम्दैन मनचरा मेरो हजुर्
टेइ आमो टेइ आमो
तिमी जाने बिदेश तिर म हिडे आफ्नै गाउघर
देम साह्रो….देम साह्रो


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्