अत्याधिक मदिरा सेवन गरेको भेटिएपछि विमानस्थलबाट फर्काइए राजेश पायल राई

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १३

काठमाडौं : दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए।

तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो।

राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए। मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ। उनी मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *