काठमाडौं, असोज २६ एनआइसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा दर्ता गरिएको इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले आफ्नो सेवा अझ प्रभावकारी र सुरक्षित बनाउन ग्राहकको सक्रिय सहभागिता आवश्यक भएको जनाएको छ।
बैंकले ग्राहकहरूलाई भिडियो केवाइसी पोर्टल (https://www.nicasiabank.com/video-kyc) वा मोबाइल बैंकिङ एप भित्रको माइ प्रोफाइलमा गएर “चेञ्ज इमेल” विकल्प प्रयोग गरी सजिलै इमेल अपडेट गर्न सकिने जानकारी दिएको छ।
यसका अतिरिक्त, ग्राहकले चाहेमा नजिकको कुनै पनि शाखा कार्यालयमा गएर सो सम्बन्धमा आवश्यक कागजातसहित इमेल ठेगाना अद्यावधिकको लागि आवेदन दिन सक्ने सुविधा समेत उपलब्ध गराइएको छ।
एनआइसी एशिया बैंकले सबै ग्राहकलाई यथासिघ्र आफ्नो इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ, जसबाट भविष्यमा बैंकिङ सेवासम्बन्धी सूचना प्राप्तिमा सहजता र सुरक्षामा अभिवृद्धि हुने बैंकको भनाइ छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्