माओवादी केन्द्रको परिपत्र : मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बनौं

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

२२ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण पार्टी पङ्क्तिलाई मतदाता नामावली अद्यावधिक कार्यमा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम दर्ता गराउने, विवाह वा बसाइँसराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपर्ने अवस्थामा आवश्यक प्रक्रिया पूरा गर्न, साथै नाम, जन्म मिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसलाई सच्याउन आग्रह गरिएको छ।

परिपत्रमा भनिएको छ, “निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ।”

पार्टीले निर्वाचन आयोगले सञ्चालनमा ल्याएको नामावली अद्यावधिक अभियानसँग मेल खाने गरी यो कार्यक्रम अघि बढाउने बताएको छ। साथै, संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारको अवसरको रूपमा पनि यसलाई लिइएको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *