राष्ट्र बैंकको आग्रह: अत्यावश्यक बैंकिङ सेवा सीमित कर्मचारीमार्फत सुचारु गर्न निर्देश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २६

काठमाडौं — नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई सीमित कर्मचारीमार्फत सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

अन्य प्रणालीहरू जोखिमको आधारमा रिमोट एक्सेसबाट सञ्चालन गर्न अनुरोध गरिएको छ। साथै, शाखा, एटीएम र सेवा सम्बन्धी सूचना वेबसाइट तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्न पनि भनिएको छ।

जेनजी आन्दोलनका कारण तोडफोड र आगजनी भए पनि नेपाली सेनाले बैंक कर्मचारीको आवतजावत खुला गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *