एनआईसी एशिया बैंकका ग्राहकलाई नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट सुविधा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ८

नवलपरासी — एनआईसी एशिया बैंक र लन्डन ब्रिज गार्डेन रिसोर्टबीच एक सम्झौता सम्पन्न भएको छ, जसअन्तर्गत बैंकका ग्राहकहरुले नवलपरासीको बर्दघाटमा रहेको उक्त रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन्।

सम्झौताअनुसार, ग्राहकहरुले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत सेवा शुल्क भुक्तानी गर्दा यो छुट सुविधा उपलब्ध हुनेछ। बैंकले यस सहकार्यले ग्राहकहरुलाई मात्र नभएर मुलुकमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने विश्वास समेत व्यक्त गरेको छ।

बैंकका प्रतिनिधिहरूले भनेका छन् कि यो साझेदारीले नगदरहित कारोबारमा वृद्धि गर्ने र ग्राहक अनुभवलाई अझ सुलभ र आकर्षक बनाउनेछ। लन्डन ब्रिज गार्डेन रिसोर्टमा आउने आगन्तुकहरुले अब डिजिटल भुक्तानीमार्फत बचत गर्ने मौका पाउने छन्।

यस विशेष छुट सुविधा मार्फत एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र थप सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *