थपिए २२९९ सङ्क्रमित, ३४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १८

१८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २,२९९ जना कोरोना संक्रमित थपिएका छन्। साथै ३४ सङ्क्रमितले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज गरिएको १०,५९६ नमुना परीक्षणमा २,२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज मात्रै देशभर थप ३,४५१ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *