|
२०८३ श्रावण १५
काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत फेला परेका बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको प्रहरीले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा उनी पुजारी रहेको भन्दै फैलिएको सूचना सत्य नभएको पुष्टि गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले मृतक घुमन्ते स्वभावका व्यक्ति रहेको र बेलाबेला मन्दिरमा आएर बस्ने गरेको जनाएको छ। घटनाको अनुसन्धानका लागि कुकुरसहितको विशेष टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनालाई धार्मिक विषयसँग नजोड्न आग्रह गर्दै दोषीको पहिचान गरी कानुनी कारबाही गरिने जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्