थपिए २,७६०कोरोना संक्रमित, ३३ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १७

१७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै ३३ सङ्क्रमितले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१३० वटा पीसीआर परीक्षणमा १८५७ र ३८५५ वटा एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सङ्क्रमित सङ्गै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ४०१७ रहेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *