|
२०८३ श्रावण १५
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाबारे पार्टीका नेता तथा जनप्रतिनिधिहरूसँग भर्चुअल छलफल गरेका छन्।
छलफलमा सामाजिक सद्भाव, शान्ति सुरक्षा र पछिल्ला घटनाको अवस्थाबारे जानकारी लिँदै थापाले सबै पक्षलाई संयमित भएर काम गर्न आग्रह गरे।
उनले घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न पार्टीका नेता–कार्यकर्तालाई सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्