देशका विभिन्न जिल्लामा सात जनाको शव फेला, अनुसन्धान जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं । देशका विभिन्न सात जिल्लाका छुट्टाछुट्टै स्थानबाट सात जनाको शव फेला परेको छ। काठमाडौं, झापा, मोरङ, डोल्पा, बर्दिया, इलाम र कैलालीमा भएका यी घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनी निवासी २४ वर्षीय अञ्जन श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलाबाट बुद्धशान्ति–४ आइतबारेका १० वर्षीय बिसम लिम्बूको शव बरामद गरिएको प्रहरीले जनाएको छ।मोरङको ग्रामथान गाउँपालिका–७ विशाल चोक नजिक सडक छेउमा सुन्दरहरैँचा नगरपालिका–१ खदम निवासी ७० वर्षीय वीरबहादुर कुमाल मृत अवस्थामा भेटिएका छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करबगार्ड क्षेत्रमा सडक किनारमा स्थानीय सिद्धिलाल रोकायाका १२ वर्षीय छोरा वीरेन्द्र रोकाया मृत अवस्थामा फेला परेका छन्।बर्दियाको गुलरिया नगरपालिका–१२ दुधाकी ८२ वर्षीया भद्रकली कामी आफ्नै गाउँस्थित खेतमा मृत अवस्थामा भेटिएकी छन्।इलामको सन्दकपुर गाउँपालिका–२ सिस्ने निवासी ३८ वर्षीया हस्तस्वरी राई (प्रियंका) को शव सोही क्षेत्रको माईखोला किनारमा फेला परेको छ।

यस्तै, कैलालीको टीकापुर नगरपालिका–२ संकटीघाटस्थित कर्णाली नदीमा बर्दगोरिया गाउँपालिका–२ बौनियाकी २६ वर्षीया निलम चौधरी मृत अवस्थामा भेटिएकी छन्।

प्रहरीका अनुसार सबै घटनाको प्रकृति र मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *