मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहले गरे दलका नेतासँग छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं । मधेसका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मधेसको पछिल्लो परिस्थिति, शान्ति सुरक्षा र समाधानका उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा जनमत पार्टीका अध्यक्ष सी.के. राउत, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत नेताहरू सहभागी थिए।

त्यस्तै लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, अमरेशकुमार सिंह र शरतसिंह भण्डारी पनि छलफलमा सहभागी रहेको जनाइएको छ। प्रधानमन्त्री शाहले यसअघि पछिल्ला घटनाक्रमबारे देशवासीका नाममा सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *