
काठमाण्डौँ । सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से २९.८७ अंकले बढेर २७२७।९१ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । गत कारोबार दिन अर्थात आइतबार नौ अर्ब ४७ करोडको कारोबार भएकोमा सोमबार १० अर्ब चार करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५७ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३०२ वटा धितोपत्रको एक करोड ७८ लाख ८४ हजार २४६ कित्ता सेयर किनबेच भएको हो । सोमबार १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया