
काठमाण्डौँ । बुधबार पनि नेप्से परिसूचक बढेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो ।
नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम भने घटेको छ ।
मंगलबार आठ अर्ब ५४ करोडको सेयर कारोबार भएकोमा बुधबार सात अर्ब २६ करोडको कारोबार भएको छ ।
रकम अघिल्लो दिनको तुलनामा एक अर्ब २८ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२९ वटा धितोपत्रको एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच भएको हो ।
बुधबार १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया