दोहोरो अंकले बढ्यो नेप्से, साढे ९ अर्बको सेयर किनबेच

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन ४

काठमाण्डौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १९।५६ अंकले बढेर २६९८।०३ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात बिहीबार सात अर्ब ९२ करोडको कारोबार भएकोमा आइतबार नौ अर्ब ४७ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५५ करोड रूपैयाँ वृद्धि भएको हो ।

३०९ वटा धितोपत्रको दुई करोड नौ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच भएको हो । आइतबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *