नेप्से परिसूचक दोहोरो अंकले बढ्यो : ७ अर्ब माथीको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २६

काठमाडौं : सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से १९.४३ अंकले बढेर २७ सय ८४.९५ विन्दुमा बन्द भएको छ। आइतबारको तुलनामा भने सोमबार नेप्से कम अंकले बढेको हो। आइतबार नेप्से ७३.०५ अंकले वृद्धि भएर २७ सय ६५.५१ विन्दुमा अडेको थियो।

कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.१७ अंकले बढेर ५२२.५३ मा पुगेको छ।

नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ। यसदिन २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर ७ अर्ब १२ करोड ३४ लाख  २४ हजार ३५ रुपैयाँमा किनबेच भएको छ। आइतबार कूल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ मूल्यमा खरिद बिक्री भएको थियो।

सोमबार कारोबारमा आएका १३ समूहममध्ये १० समूहको परिसूचक उकालो लागेको छ। यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ५.४८ प्रतिशतले बढेको हो। त्यस्तै, वित्तको ३.३१, जीवन विमाको १.४४, निर्जीव विमाको १.५२ प्रतिशतले बढेको छ। यसदिन १० समूहको सूचक बढ्दा ३ समूहको पनि घटेको छ।

बैंकिङ, होटल तथा पर्यटन,उत्पादन समूहको क्रमश ०.८२, १.९१ र ०.६६ प्रतिशतले घटेको हो।

यसदिन ३ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मध्येभोटेकोशी, युनियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसदिन कारोबार रकमका आधारमा गुरास फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड ७७ लाख मूल्य बढीमा सेयर कारोबार भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *