×

ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि लगातार घट्दै

माघ २८, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। कारोबार दिन अर्थात् आइतबार आठ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ९६ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४२ करोड रूपैयाँ कमी आएको हो ।

आज ३२२ वटा धितोपत्रको एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर किनबेच भएको हो । सोमबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ८१४ रूपैयाँ र ३६४ रूपैयाँ २० पैसा पुगेको छ।

यस्तै, बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १७ हजार ६०४ रूपैयाँ र पाँच हजार ६७० रूपैयाँ कायम भएको छ।

सोमबार नेपाल रिपब्लिक मिडियाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६०३ रूपैयाँमा २४ करोड ४४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ८.८४ प्रतिशत बढेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: