२६७० विन्दुमा झर्‍यो नेप्से

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र २५

काठमाण्डौँ । सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से ३३.३३ अंकले घटेर २६७०।०६ विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ ।

गत कारोबार दिन अर्थात् बिहीबार सात अर्ब २३ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ६५ करोडको कारोबार भएको छ ।

यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ५८ करोड रूपैयाँ कमी आएको हो ।

आज ३२२ वटा धितोपत्रको एक करोड एक लाख ४८ हजार ६६ कित्ता सेयर किनबेच भएको हो।

सोमबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ । यसदिन बुटवल पावर कम्पनीको मूल्य सर्वाधिक ६.७५ प्रतिशतले बढेको छ ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२४ रूपैयाँ पुगेको छ ।

यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ४.७९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ८५ रूपैयाँ कायम भएको छ।

सोमबार हिमालय पावरको मूल्य सर्वाधिक ५.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६१८ रूपैयाँमा झरेको छ।

यस्तै, समृद्धि फाइनान्सको मूल्य ४.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५२५ रूपैयाँ २० पैसा कायम भएको छ।

सोमबार हिमायलन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता एक हजार ४० रूपैयाँ १० पैसामा ५० करोड ३६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६२५ रूपैयाँमा ४३ करोड २१ लाख बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशतले घटेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक २.२६ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *