
काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १९ सय ४५ रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया