|
२०८२ आश्विन १०
९ असोज, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको मौका छोपेर देशभरका २८ कारागार र ९ सुधारगृहबाट १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए। तीमध्ये बुधबार १२ बजेसम्म ७ हजार ७३५ जना मात्र फिर्ता आएका छन् भने अझै ६ हजार ८१३ जना फरार छन्।
फरार कैदीहरूले समाजमा हिंसात्मक घटना बढाइरहेका छन्। बलात्कार, हत्या, डकैतीका घटना दोहोरिन थालेका छन्।
विदेश भाग्ने जोखिम बढेपछि कारागार व्यवस्थापन विभाग र अध्यागमन विभागले विवरण अद्यावधिक गर्दै निगरानी बढाएका छन्। खुला सीमाका कारण भारतले समेत सीमा चेकजाँचमा कडाइ गरेको छ।
चाडपर्व नजिकिँदै गर्दा प्रहरीको संरचना कमजोर र अस्त्रविहीन भएकाले सुरक्षा चुनौती अझ बढ्न सक्ने बताइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Maya4040
September 26, 2025https://shorturl.fm/byRJQ