|
२०८२ आश्विन ९
२४ भदौको जेनजी आन्दोलनको मौका छोपेर देशभरका २८ कारागार र ९ सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये ६ हजार ८१३ जना अझै फरार छन्।
फरार कैदीहरूले हत्या, बलात्कार प्रयासजस्ता गम्भीर अपराधहरू गरिरहेका छन्, जसले समाजमा त्रास फैलाएको छ। उदाहरणका लागि, बलात्कार अभियोगमा सजाय भोगिरहेका सन्तबहादुर तामाङले भागेपछि आफ्नै श्रीमतीको हत्या गरेका थिए भने दीपक सुनारले अर्को बलात्कार प्रयास गरेका थिए।
अहिले कारागार व्यवस्थापन विभाग र अध्यागमन विभागले कैदीहरूको विवरण अद्यावधिक गरी निगरानी प्रक्रिया थालेका छन्। विदेश भाग्ने जोखिम उच्च भएकाले अध्यागमन प्रणालीमा कालोसूची राखेर निगरानी बढाइँदैछ।
चाडपर्व नजिकिँदै गर्दा फरार कैदीहरूले चोरी, डकैतीलगायत अपराध बढाउने सम्भावना प्रहरीको अनुमान छ। यता प्रहरी कार्यालयहरू समेत जलेर नष्ट भएकाले सुरक्षा चुनौती थपिएको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्