नख्खु कारागारबाट फरार कैदी सर्लाहीमा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३१

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारबाट भदौ २५ गते फरार भएका सर्लाही मलंगवा–७ निवासी फिरोज मंसुरलाई प्रहरीले उनको घरबाट पक्राउ गरेको छ।

जेनजी आन्दोलनको बेला भागेका मंसुरलाई गुप्त सूचनाको आधारमा सई शनिदेवल साहको नेतृत्वमा प्रहरीले नियन्त्रणमा लिएको हो।

हाल उनी जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा छन् र पुनः कारागार पठाउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *