|
२०८३ आश्विन १०
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम मिच्ने ६३ सवारीसाधन कारबाहीमा परेका छन्।
शनिबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार तीव्र गति, रेड लाइट, हर्न, ‘वन वे’ लगायतका नियम उल्लङ्घनमा कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
कारबाहीमा परेकामध्ये ३ वटा तीव्र गति, १ हर्न, १ रेड लाइट, १ ‘वन वे’ र ५७ वटा अन्य प्रकृतिका छन्। ट्राफिक प्रहरीले सुरक्षित यात्रा र व्यवस्थित आवागमनका लागि नियम पालना गर्न आग्रह गरेको छ।
ट्राफिकसम्बन्धी आकस्मिक सहयोग आवश्यक परे १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्