६८१३ कैदी अझै फरार, सुरक्षा चुनौती चुलियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १०

९ असोज, काठमाडौं ।  २४ भदौको जेनजी आन्दोलनको मौका छोपेर देशभरका २८ कारागार र ९ सुधारगृहबाट १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए। तीमध्ये बुधबार १२ बजेसम्म ७ हजार ७३५ जना मात्र फिर्ता आएका छन् भने अझै ६ हजार ८१३ जना फरार छन्।

फरार कैदीहरूले समाजमा हिंसात्मक घटना बढाइरहेका छन्। बलात्कार, हत्या, डकैतीका घटना दोहोरिन थालेका छन्।

विदेश भाग्ने जोखिम बढेपछि कारागार व्यवस्थापन विभाग र अध्यागमन विभागले विवरण अद्यावधिक गर्दै निगरानी बढाएका छन्। खुला सीमाका कारण भारतले समेत सीमा चेकजाँचमा कडाइ गरेको छ।

चाडपर्व नजिकिँदै गर्दा प्रहरीको संरचना कमजोर र अस्त्रविहीन भएकाले सुरक्षा चुनौती अझ बढ्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Maya4040

    September 26, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *