पहिरोले सुतिरहेको कोठा पुरिँदा ताराखोलामा ५९ वर्षीय पुरुषको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १०

बागलुङको ताराखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।

ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोका बिहीबारदेखि भइरहेको लगातार वर्षापछि गएराति घरमाथिबाट खसेको पहिरोमा परेका थिए। पहिरोले घरको केही भागमा क्षति पुर्‍याउँदा रोका सुतिरहेको कोठासमेत पुरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरोमा पुरिएका रोकाको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीयवासीको सहयोगमा पहिरो हटाएर रोकाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *