प्रदर्शनपछिको अराजकता : ३,७२३ कैदीबन्दी र १३९ थुनुवा पक्राउ, हजारौं अझै फरार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

भदौ २३ र २४ गते देशव्यापी प्रदर्शनपछि सिर्जित अराजक अवस्थाका कारण देशभरका विभिन्न कारागार र प्रहरी हिरासतबाट ठूलो संख्यामा कैदीबन्दी र थुनुवा फरार भएका थिए। नेपाल प्रहरीका अनुसार हालसम्म ३,७२३ जना फरार कैदीबन्दीलाई पक्राउ गरी पुनः कारागारमा पठाइएको छ, तर अझै १०,३२० जना फरार छन्।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार केही भारत भाग्ने प्रयासमा भारतीय प्रहरीले पक्राउ गरी फिर्ता पठाएका छन् भने केही सेना, सशस्त्र र नेपाल प्रहरीले समातेका हुन्। कतिपय आफैँ फर्किएर पनि कारागार आएका छन्।

यस्तै, प्रदर्शनका बेला मुलुकभरका प्रहरी हिरासतबाट फरार भएका १३९ थुनुवा पनि पक्राउ परेका छन् तर अझै २,१०० जना थुनुवा फरार रहेको प्रहरीले जनाएको छ। फरारको खोजी कार्य जारी रहेको जनाउँदै प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र कुनै पनि जानकारी भए नजिकको प्रहरी वा सुरक्षा निकायमा खबर गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Edna628

    September 15, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *