फेरि २७ सय विन्दुमाथि उक्लियो नेप्से, ६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन ५

काठमाण्डौँ । सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से २९.८७ अंकले बढेर २७२७।९१ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । गत कारोबार दिन अर्थात आइतबार नौ अर्ब ४७ करोडको कारोबार भएकोमा सोमबार १० अर्ब चार करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५७ करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३०२ वटा धितोपत्रको एक करोड ७८ लाख ८४ हजार २४६ कित्ता सेयर किनबेच भएको हो । सोमबार १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *