मनसुन क्रमशः कमजोर, केही प्रदेशमा मध्यम वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाडौं, असोज २२ – जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुन क्रमशः कमजोर हुँदै गएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। राति कोशी र मधेससहित पहाडी भेगमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम सामान्यतः सफा रहने विभागले जनाएको छ।

वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा पनि हुनसक्ने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *