|
२०८२ आश्विन १५
काठमाडौं, असोज १५ – हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बुधबार दिउँसोदेखि रातिसम्म देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुने पूर्वानुमान गरिएको छ।
रातिको समय पनि यस्तै रहनेछ भने लुम्बिनी प्रदेशका केही स्थानहरूमा समेत वर्षाको सम्भावना छ।
सावधानी: भारी वर्षाका कारण पहिरो, बाढी तथा जलस्रोतमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्