कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आज मध्यम वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ५

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर भए तापनि स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली रही मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने विभागले जनाएको छ।

महाशाखाका अनुसार राति पनि यिनै प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

वर्षाका कारण पहाडी भूभागका केही स्थान तथा तराईका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेकोले पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो), तथा नदी-नालामा पानीको सतह बढ्ने जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ।

यातायात, कृषि र जनजीवन प्रभावित हुनसक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *