|
२०८२ आश्विन १२
काठमाडौं, असोज १२ – हाल देशभर मनसुनी प्रभाव कमजोर रही स्थानीय वायुले मौसममा असर गरिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना छ।
साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्