मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव केही कमजोर भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर भएसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागहरूमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज रातिसमेत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

महाशाखाले वर्षाको सम्भावनालाई ध्यानमा राखी पहाडी भूभागमा यात्रा वा खेतीपातीमा सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *