|
२०८२ आश्विन १८
१७ असोज, काठमाडौं । शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाले बाढी र पहिरोको उच्च जोखिम हुने भन्दै मौसमविद्हरुले जोखिमयुक्त क्षेत्रका राजमार्ग दुई दिन बन्द गर्न सुझाव दिएका छन्।
भारतको उडिसाबाट विकसित प्रणाली नेपाल प्रवेश गर्ने भएकाले वीरगञ्जदेखि जनकपुर, चितवन, काठमाडौं, मकवानपुर, काभ्रे लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना छ।
विशेषगरी नारायणगढ–मुग्लिन–नागढुंगा, काठमाडौं–हेटौंडा, बनेपा–बर्दिबास सडकहरुमा पहिरोको जोखिम देखिएको छ।
काठमाडौं उपत्यकाभित्रको आवतजावत पनि नियन्त्रण गर्न विज्ञहरुले आग्रह गरेका छन्।
सोमबारदेखि मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्