पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, सुदूरपश्चिममा धेरै भारी वर्षाको जोखिम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३१

काठमाडौँ । मनसुनी गतिविधि सक्रिय रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्नेछ।

गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिमका पहाडी तथा तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्नसक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि र दैनिक जनजीवनमा समेत असर पार्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *