|
२०८३ श्रावण ३१
काठमाडौँ । पश्चिम बंगालको रामपुरहाटमा तृणमूल कांग्रेसका नेता तथा पूर्वमन्त्री आशिष बनर्जी मृत अवस्थामा भेटिएका छन्। पार्टी कार्यालयको एउटा कोठामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
बीरभूम जिल्लास्थित आफ्नै निवाससँगै रहेको पार्टी कार्यालयमा आइतबार बिहान स्थानीयवासीले उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि पठाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट एउटा सुसाइड नोटसमेत बरामद भएको छ। नोटमा लेखिएको विषय भने सार्वजनिक गरिएको छैन। उनको मृत्युको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
आशिष बनर्जी रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक निर्वाचित भएका थिए र पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीनिकट नेताका रूपमा चिनिन्थे।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्