|
२०८३ श्रावण ३१
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन आज विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न गर्ने तयारी गरेको छ।
काठमाडौंको सुकेधारास्थित पार्टी प्यालेसमा जारी सम्मेलनमा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी छन्। बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिसम्बन्धी प्रस्ताव र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।
ती प्रस्तावमाथि सहभागीहरूले धारणा राख्दै विभिन्न सुझाव दिएका छन्। प्राप्त सुझाव समेटेर प्रस्तावलाई अन्तिम रूप दिएपछि आजै पारित गर्ने तयारी रहेको सम्मेलनमा सहभागी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले बताएका छन्।
प्रस्ताव पारित भएसँगै सम्मेलन औपचारिक रूपमा सम्पन्न हुनेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्