जल तथा मौसम विज्ञान विभाग : चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ५

५ असार, काठमाडौं । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेनुका साथै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेने छ । विभागका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली भई रहनेछ ।

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *