काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्ने नेताकार्यकर्ताप्रति कडा नीति अपनाउने संकेत गरेका छन्।
शनिबार इलाममा आयोजित कार्यक्रममा ओलीले पार्टीभित्र बसेर अनुशासनविपरीत गतिविधि नगर्न चेतावनी दिए। उनले पार्टी रूपान्तरणका नाममा हुने गतिविधिले संगठनमा समस्या सिर्जना गरिरहेको टिप्पणी गरे।
ओलीले सामाजिक सञ्जालमा पार्टीको विरोध गर्ने, पार्टी कार्यालयमा बसेर हुलदंगा गर्ने जस्ता गतिविधि तत्काल रोक्न आग्रह गरे। उनका अनुसार पार्टीमा रहने हो भने विधान र अनुशासन पालना गर्नुपर्छ।
निर्देशनविपरीत गतिविधि जारी राखे पार्टीको विधि र विधानअनुसार कारबाही गरिने ओलीले स्पष्ट पारे। उनले पार्टीमा सक्रिय भएर काम नगर्नेहरूलाई अन्य विकल्प रोज्नसमेत संकेत गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्