|
२०८३ श्रावण ३१
जाजरकोट । लगातारको वर्षापछि भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोले ठूलो क्षति पुर्याएको छ। पहिरोमा परी ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार उमासिंह खत्री, भीमबहादुर कार्की र रती खत्री पहिरोमा परेर बेपत्ता भएका हुन्। घटनामा नौ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको नेपालगञ्ज, कोहलपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले सो क्षेत्रका करिब २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयमा सुरक्षित स्थानमा सारेको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्