|
२०८२ आश्विन १७
१७ असोज, काठमाडौं । असोज २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको जोखिम बढेको भन्दै प्रधानमन्त्री कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले डुबान, कटान, भूक्षय र बाढी–पहिरोको सम्भावना रहेको जनाएको छ।
काठमाडौं उपत्यकासहित काभ्रे, रसुवा, चितवन, संखुवासभा, इलाम, झापा, बारा, पर्सा, रौतहटलगायत जिल्लामा जोखिम बढी रहेको छ।
गर्भवती, बालबालिका, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा सार्न र सरोकारवाला निकायलाई पूर्वतयारीमा रहन निर्देशन दिइएको छ।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्