महिला टी–२० विश्वकप ग्लोबल छनोटका सबै खेल नेपालले त्रिवि मैदानमा खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २४

काठमाडौं । आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार समूह चरणमा नेपालका चार वटै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । यसअघि समूह चरणमा नेपालका दुई वटा खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने तालिका थियो ।

तालिकाअनुसार नेपालले पहिलो खेलमा माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *