काठमाण्डौँ । सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक भएको छ ।
समूह विभाजनसँगै मंगलबार बिहान नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका सार्वजनिक गरेको हो। आयोजक नेपाल समूह ‘बी’मा परेको छ ।
प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुँदैछन् । यो प्रतियोगिता त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको सुरुवात जनवरी १८ तारिखदेखि हुँदैछ।त्यसअघि जनवरी १४ र १६ तारिखमा वामअप खेल हुनेछन् ।
क्यानले सार्वजनिक गरेको सूचना अनुसार समूह ‘बी’मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे छन् भने समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन् ।
नेपालले पहिलो खेलमा जनवरी १८ तारिखमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।यो खेल मुलपानी मैदानमा हुँदैछ । नेपाली महिला टिम पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको हो ।
१० देश सहभागी सुपर सिक्सको छनोट हुनेछ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्