
नेपाल सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणको आयोजकका रूपमा पक्का भएको छ । नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै परेको छ । एएफसीले नेपाललाई समूह ‘सी’ को आयोजक राष्ट्रको रूपमा पुष्टि गरेको छ । प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिएपछि नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नेछ ।
पहिलो चरणका खेलहरू अप्रिल ३ र ११ गते हुनेछन् । समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । उत्तर कोरा, अस्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया यसअघि नै दोस्रो चरणको लागि छनोट भइसकेका छन् । प्रत्येक समूहको विजेता र उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्ने टोलीलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ ।
तेस्रो राउन्डबाट शीर्ष दुई टोलीले पेरिस ओलम्पिक २०२४ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् । छनोटको तयारीमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फेब्रुअरी १५ मा भएको पहिलो खेल २–२ गोलको बराबरीमा खेलेको थियो भने फेब्रुअरी १८ मा भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया