प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ : ३० मा हुने खेलका लागि यूएईका कप्तान मुहम्मद वासिमले ब्याटिङ रोजेका हुन्।

नेपाली टिममा एक परिवर्तन भएको छ। नेपाली टिमका प्रशिक्षक मोन्टी देशाईले करण केसीको स्थानमा गुल्शन झालाई मौका दिएका छन्। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा पक्का गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *