|
२०८३ आश्विन २७
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा आज बदली हुने देखिएको छ। पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण केही प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा चट्याङसहित वर्षासमेत भएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा रहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा बादल लाग्नेछ भने अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान छ। यी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्