काठमाडौँ — आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुने नेपालका लागि २६ सदस्यीय प्रारम्भिक टोली क्यानले सार्वजनिक गरेको छ। आज घोषणा गरिएको टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी सहित २६ खेलाडी समावेश छन्।
टोलीमा रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी पनि परेका छन्।
यस टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछ, जसपछि अन्तिम १५–२० सदस्यीय टोली घोषणा हुनेछ। आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै हुने ग्लोबल क्वालिफायरमा १० देशको सहभागिता रहनेछ। तीमध्ये शीर्ष चार टोलीले सन् २०२६ जुनमा इंग्ल्यान्डमा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
प्रतियोगिताको समूह विभाजनअनुसार समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्