इन्दुको कप्तानीमा विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने टोली घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २१

काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप २०२६ (इङ्ल्यान्ड तथा वेल्स) का लागि हुने ग्लोबल क्वालिफायर्स खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

घोषित टोलीको कप्तानमा इन्दु बर्मा रहेकी छन् भने पूजा महतो उपकप्तानको जिम्मेवारीमा चयन भएकी छन् । टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित मिश्रण समावेश गरिएको छ ।

घोषित खेलाडीहरूमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन् ।

आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि हुने ग्लोबल क्वालिफायर्स आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुनेछ । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

घरेलु मैदानमै हुने यो प्रतियोगितामा नेपाली टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य बोकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *