लिग–२ मा नेपालको अर्को परीक्षा, ओमानसँग आज प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को जारी शृङ्खलामा नेपालले आज ओमानविरुद्ध एकदिवसीय क्रिकेट खेल्दैछ। अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा हुने खेल बिहान ११:१५ बजे सुरु हुने तालिका छ।

हालसम्म ३३ खेल खेलेको नेपालले २६ अंक हासिल गरेको छ। २९ खेलबाट ३३ अंक जोडेको ओमान तालिकामा नेपालभन्दा अगाडि छ। यस्तै, क्यानडाले ३४ खेलमा २५ अंक बटुलेको छ।शृङ्खलाको पहिलो खेलमा क्यानडालाई हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। घरेलु मैदानमा खेलिरहेको ओमानसँगको प्रतिस्पर्धा नेपाली टोलीका लागि अंक थप्ने अवसरसमेत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *